Best nepali  gajal ghazal collection in nepali. Sad, attitude, fully all types of Gazal gajal is collected for you.sad ghazal, funny Gazal is for her, him.

Nepali Gajal

we are showing you the best nepali gajal in our own language nepali.You can also post your gajal in our website by visit our contact us page and type your gajal and sent us.

Most of prople want more gajal in nepali language to post on facebook as a staus or caption for profile picture.So we make some gajal foryou hope you will enjoy.Nepali gajal are most searched term in google so we present some best popular gajal in nepali language.

In past nepali gajal is used to impress a girl. Many old people sent some gajal to their gf as a ancent time.according  to these we know that gajal is used to impress girls on facebook.Nepali love quotes also helps uou to make your relationship better and longer. please visit love quotes.You can also use shayari for impress any one.

Nepali Gajal

तिमी साथ छैनौ र त रुन मन लाग्छ,
साच्चैं मेरी भै’नौ र त रुन मन लाग्छ!!!

आकाशको जुन भए आँटै गर्ने थि’न,
तिमी जुन है’नौ र त रुन मन लाग्छ!!!

कि त साथै हुनु कि त डांड़ा काटी जानु,
तर टाढा गै’नौ र त रुन मन लाग्छ!!!

धोको थियो मेरो तिमि संगै बाच्ने मर्ने,
अब मेरी रे’नौ र त रुन मन लाग्छ!!!

लगे हुन्थ्यो बरु याद सबै पोको पारी,
आँसुहरु लै’नौ र त रुन मन लाग्छ!!!

खिल बनी बस्यौ तिमी मुटुको माझमा,
लाग्छ भुल्न मै’नौ र त रुन मन लाग्छ!!!

परिभाषामा जिन्दगी अटाउन नखोज।
परेलीमा आँशु लुकाउन नखोज।

बुझिन्छ रहस्य आखिर सबै,
अचानोमा दाउ लगाउन नखोज।

हारै हो प्रेम सधैँ,
झुठो जित देखाउन नखोज।

बिर्सनु छ जिन्दगीलाई जिउन,
प्रेमील याचनाले सताउन नखोज।

बितेका कुरालाई कहिल्यै यसरी,
प्रिय नयन जताउन नखोज।

कति सजिलै बहाना खोज्छ मान्छे!
अन्ततः आफ्नै चाहाना खोज्छ मान्छे!

स्वार्थमा यति लिप्त भएको छ,
खै कस्तो निशाना खोज्छ मान्छे?

जीवनका सपनाहरु मुटु दबाई दबाई रेटे
नाडी छाम्दा रक्त प्रवाह बल्ल तल्ल भेटे ।।

थचार्दिन्छु सपना जुर्मुराएर उठ्छ
यथार्तका बिपनाहरु बल्ल तल्ल भेटे ।।

समाजलाई बदल्न सक्छौ अगाडि बढ्दा युवाहरु हो
छ उच्च यात्रा छिचोल्न सक्छौ हिमाल चढ्दा युवारु हो ।।

कडा चुनौती युवाहरुकै समीप हुन्छन् नभुल्नुहोला
छ धेर बाटो र ठेस लाग्ला समाल लड्दा युवाहरु हाे ।।

रटेर घोक्नै सिकाउँदैछन् किताब सिङ्गो पढेर मात्रै
यथार्थ भुल्ने हुँदै छ बानी किताब पढ्दा युवाहरु हो ।।

भविष्यकाे के यहाँ भरोसा अगाडिबाटै तयार गर्नू
इनार खन्ने नगर्नू धन्दा स्वदेश डढ्दा युवाहरु हो ।।

 

Nepali Gajal

उखु तोरी झैँ घान हाली, पेलिन्छ युवालाई,
गोटि बनाएर क्यारम झैँ, खेलिन्छ युवालाई ।
मिठो सपनाको बल्छी थापी, रंगिन दुनियाँको,
आन्दोलनको भीरमा लगी, ठेलिन्छ युवालाई ।
बलियो काँध युवाहरुको, टेकेर चढ्छन् सबै,
आँटा जस्तै किचेर रोटि झैँ, बेलिन्छ युवालाई ।
रोग भोक शोक प्यास अनि, अभावका कठोर,
जेल नेल र माखे साङ्लाले, जेलिन्छ युवालाई ।
अन्तत सुन्दर भविष्यका, चलचित्र देखाइ,
मूल उमार्न मरुभूमि, धकेलिन्छ युवालाई ।

बाबा आमा स-परिवार इटहरीमा राखेर
एउटा तरुण हिड्यो देश छातीमा राखेर

सम्पत्तिको नाममा त्यही राहदानी त हो
त्यो पनि परदेश लागेँ लिलामीमा राखेर

 

पुन: मुटुमा दुख्न थाल्दैछ मेरो देश
किन अस्थिर हुन लाग्दैछ मेरो देश ।।

क्रान्तीका अग्रगामी छलांग हान्दै आयो
किन पछाडी पाइला राख्दैछ मेरो देश ।।

बिहानीका किरणहरु छरपस्ट हुदैछन
किन धमिलो डाक्दैछ मेरो देश ।।

सुन्दर सभ्य सम्यम मनको समाज छ
किन चक्रब्युह जाग्दैछ मेरो देश ।।

नीति नियममा बाधिन नेपाली आतुर छौ
किन सु-शासनबाट टाढा भाग्दैछ मेरो देश ।।

न्यायका लागि ठुल-ठुला बलिदानी भए
किन अन्यायको सिमा नाग्दैछ मेरो देश ।।

बीर गार्खालीको ईतिहास कायम छ
किन एक मुठि बल माग्दैछ मेरो देश ।।

भनाइ र गराईको तारतम्य मिल्नै छोड्दैछ
कुन अदृष्य शक्तिले हाक्दैछ मेरो देश ।।

दुई मनबीच जब पिरती हुन्छ
जहर पिलाए पनि ओखती हुन्छ

न जोख्ने तुलो न भरिन्छ माना
बराबर छ भन्छन् सहमति हुन्छ

 

 

दिल भो अभिलाषी रक्सी लागेपछि
अलिअलि बदमासी रक्सी लागेपछि

हुन्न-हुन्न-हुन्न भन्थिन् सीमा पार गर्न
तानेर छातीमै टाँसी रक्सी लागेपछि

पिउनै पर्यो जताततै भट्टी पसल खुलेपछि
नपिएर के गर्नु र तिम्ले मलाई भुलेपछि ।।

जँड्याहामा समाजको बेग्लै दृष्टि हुँदो रैछ
राम्रो दृष्टि कहाँ हुनु बाट्बाटैमा झुलेपछि ।।

भए जति मान सम्मान इज्जत समेत गुम्ने रैछ
गाउँ वस्ती गल्ली गल्ली कुकुर जस्तो डुलेपछि ।।

टाढाबाट एक नजर हेर्न पनि दुर्लभ भयो
के हेर्नु र बूढो भई कपाल सेतै फुलेपछि ।।

पछुताउ पर्ला फेरि मौका छँदै भनेकै छु
तिम्रो ठाउँको मनभित्र अर्कैलाई हुलेपछि ।।

 

 

सिङ्गो मुटु टुक्रा टुक्रा पारेर गयौ
आफ्नो रोग मलाई पनि सारेर गयौ

मेरो सोच तिमी माथि असल थियो
तर सोचको मिटर तल झारेर गयौ ।।

छिचोल्नै छ उकालो र ओरालो अझै
नछिचोली माया यसै मारेर गयौ ।।

सङ्र्घर्षले जीवनमा जित्न सकिन्छ
सङ्घर्ष नै नगरी हारेर गयौ ।।

अन्तैतिर चाँजोपाँजो रहेछ कि क्या
मेरो प्रस्ताव मायाको टारेर गयौ ।।

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

ढलेको छ आस्था भनेको म सुन्छु
सुनी ठेडी ठोकी दुबै कान थुन्छु
कडा पापको झन् बढेको छ रास
त्यसैले यहाँ फुल्न छाड्यो गुराँस ।।

 

 

 

यतै भत्किएको उतै भत्किएको
बढी पाप यो देशमै फत्किएको,
बुझी यो कुरा बन्द झन् हुन्छ सास
त्यसैले यहाँ फुल्न छाड्यो गुराँस ।।

चल्यो झन् सुनामी दुखेको छ घाउ
प्रभो डुब्छ यो देश आई बचाऊ
विदेशीहरुका सबै देख्छु दास

 

 

ढुक ढुक छ शहिदको प्राणले साटेको प्रजातन्त्र
आखिर किन हुदैछ ? मन फाटेको प्रजातन्त्र ।।

निमुखा जन्ता बिदेशी नोकर थिए नोकर नै रहे
आखिर किन आएन नोकरले साँचेको प्रजातन्त्र ।।

दिल्ली र बनारसमा भाडा मोल्थे अनि नेताहरु पाल्थे
आखिर किन भएन दुखीले दुख काटेको प्रजातन्त्र ।।

यूवा शक्ति बिदेश तिर गाँऊ नै भयो शून्य तिर
आखिर किन रयो यहाँ असिनाले झाटेको प्रजातन्त्र ।।

नीति नियममा बाधेर बिधीको शासन दिन्छु भन्थे
आखिर किन हामीलाई दिदैछन् ढाँटेको प्रजातन्त्र ।।

दुखिको रेमिट स्वीस बैंक पुग्छ अनि देश त यसै सुक्छ
आखिर किन रह्यो यहाँ गैडाको जिब्रोले चाटेको प्रजातन्त्र ।।

 

 

आमाको गर्भमा, धर्तीमा अनि चितामा
यसरी सिद्धिन्छ जीवन एउटा सीमामा ।

मन फेरिनसक्छ, प्रेमिका फेरिन सक्छे
यादहरू सधैंलाई छोडिन्छन बिस्तरामा ।

 

यौवनको उन्मादिलो मात दिने बाचा गरिन
बासना भरिएको एक रात दिने बाचा गरिन

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ भनी
प्यासहरू मेटिदिन्छु आत दिने बाचा गरिन

मन परेको मान्छे भेटिन्छ पाउन पो त गाह्रो
बोलचाल पनि हुन्छ माया लाउन पो त गाह्रो

बोलिरहूँ जस्तो लाग्छ भेटिरहूँ जस्तो लाग्छ
आँट गरी उसको नजिक आउन पो त गाह्रो

 

बदलिन्छ युग तर स्वच्छन्द कुनै सरकार हुँदैन
कहिन्न कहर विपन्न वेदनामा घरबार हुँदैन

दूरदराजका जलन, अचेतन कुचिन्तन, गन्थन
मर्छ मान्छे, घाउले विह्वल भै विचरा स्याहार हुँदैन

 

 

सक्षम छिन् उनी बाँच्न, पीडामा पारी जिन्दगी
संघर्ष गर्न छोड्दैनन्, दु:खमा हारी जिन्दगी

जन्मे हुर्केको गाउँठाउँ, माइती घर सम्झी
चाल्छिन् पाइला, अरुको नाममा सारी जिन्दगी

 

तन खुसी छैन
मन खुसी छैन

टाढा हुँदा तिमी
झन खुशी छैन

 

माटोमाथिको विश्वासका पर्खालहरु चर्केका छन्
आफ्नै छोराहरु अर्काको घरतिर फर्केका छन् ।।

अन्धाधुन्ध विश्वग्रामको रहर बढेको छ बढेको छ
आफ्नो मातृभूमिबाट निरन्तर परपर तर्केका छन् ।

सामाजिक सञ्जाल हेरेर अनुमान लगाउन सकिन्छ
अर्को मुलुकमा पुगेर धनको लोभमा भेडाबाख्रा जसरी खर्केका छन् ।

बडो हतार देखिएको छ आजको युगमा उन्नति गर्न
तेस्रो मुलुकमा गई उतै उन्नति गर्न भिसा पर्खेका छन् ।

सामाजिक सञ्जालमा बडो मातृपितृभक्त पल्टेको देखिन्छ
यता आमाको सिटामोल खरिद गर्नु पर्दा नराम्रो गरी झर्केका छन् ।।

सुख शान्ति र समृद्धिको नारा कुर्लनेहरुको बिगबिगी छ

 

 

एक यता कोशी बेच्छन् उता काली बेच्छन्
चुलेसी हथौडो हलो फाली बेच्छन्
हरामीहरुको कुरा के गरुँ म
लिपु लेखदेखि महाकाली बेच्छन् ।।

यता धर्मका नाममा स्वाङ बेच्छन्
उता कर्मका नाममा भाङ बेच्छन्
यी लुब्धाहरुको गरुँ के बयान
कचौरा कसौंडी पन्यू थाली बेच्छन् ।।

जता हुन्छ पैसा उतै दृष्टि राख्छन्
जता भ्रष्ट हुन्छन् उतै हात थाप्छन्
यी हुन् देशघाती कहाँ देश मात्रै
कुलाङ्गार मौका परे साली बेच्छन् ।।

 

माताः
ढिंडो रोटो सधैं हुन्थ्यो अलेलि माम सम्झन्छु
तिमीलाई मेरी आमा उज्यालो घाम सम्झन्छु ।।

कुनै दिन सिर्कना हान्थ्यौ तथापि भित्रको माया

 

माथि हेर्दा हिमाल
टल्क्यो टलल्ल
तल मधेश रमाइलो
देख्दै झलल्ल

उता नदी खोला छन्
यता छहरा
वनको बाटो झरेर
बग्छन् सलल्ल

 

 

थियो संघर्ष पू्र्खाका निशानीका लागि
अँध्यारो रात पछिको विहानीका लागि

यो देशमा आन्दोलन र शहीद धेरै भए
अँझै लडिरा”छन् जिन्दगानीका लागि

 

शरिर देखियो र शिर देखियो
आफ्नै जिन्दगीको भिर देखियो

हाँसो खुशी मात्र क्षणिक रहेछ
यो खुशीनै खुशीको पिर देखियो

 

 

ढाक्छ्यौ आधा आकाश नारीलाई सम्मान अनि सलाम
आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ?

युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत
घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

 

आमाले फोनमा भनेकी थिइन् आउछस् आउँदैनस्
पोहर त्यस्तै भयो अहिले छुट्टी पाउछस् पाउँदैनस्

चोकमा पिंङ्ग र हिजै घरमा जमरा राख्यौ बाबु
‘बा’ले भन्दै थिए यसपाली टीका लाउछस् लाउँदैनस्

 

आँसु नै आँसुको भेल भो जिन्दगी
हर्दमै हारिने खेल भो जिन्दगी

दुर्दशा झाङ्गिए शान्त संसारमा
यातना वर्सिने जेल भो जिन्दगी

 

 

हँसिला अनुहार सबै हाँसेकै छन् भन्ने के छ
डरै डरमा जिउनेहरू बाँचेकै छन् भन्ने के छ

बिताए जसले जीवन गुलामी गरेरै बिदेशीको
छातीभित्र तिनले देश टाँसेकै छन् भन्ने के छ

 

 

पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो
जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो

म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन
न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

 

पिता मान्छ कोही कुनै मान्छ माता
सश्रद्धा सबै पढ्दछन् ज्ञान गीता
छ त्यो तेजिलो स्वादिलो ज्ञानगङ्गा
म पढ्दा न पढ्दै हुँदै जान्छु चङ्गा ।।

 

 

कथा सुन्न थालें दुबै कान थापी
बडो चाख लाग्दो सुनिन्थ्यो तथापि
त्यहाँ भित्रको मर्म के सक्नु सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।